सरकार टिकाउन रेशम चौधरीलाईआम माफी दिइयोः शेखर कोइराला



काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले मुलुकमा दण्डहीनताले प्रश्रय पाएको भन्दै दुःख व्यक्त गरेका छन् । आज ९शनिबार० नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले तीन वटै अदालतले दोषी करार गरेको टीकापुर घटनाका रेशम चौधरीलाई सरकारले आम माफी दिनुले मुलुकमा दण्डहीनता बढेको महशुस भएको बताएका हुन् । सर्वोच्चले दोषी करार गरेको मसी पनि सुक्न नपाउँदै आम माफी दिनुले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उनको भनाई छ ।

‘हामी कहाँ दण्डहीनता पनि बढ्दै गएको चिन्ता मलाई लागिरहेको छ । अहिले भर्खरै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले मसी सुक्नै नपाउँदै माफी दिनुभयो । हामीजस्ताले त्यसलाई कसरी हेर्ने रु’ प्रश्न गर्दै उनले भने, ‘यी कुराहरु भोलिका दिनमा अत्यन्त गम्भीर हुन्छन् । सरकार टिकाउनका लागि यी कुरा गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार  १२ : १६ बजे