प्रचण्डले गरे पशुपतिनाथको दर्शन,धार्मिक लगाव बढ्दै



जेष्ठ २७,काठमाडौं स् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन् ।

उनले शान्तिप्रक्रियामा आएपछि पहिलो पटक पशुपतिनाथको दर्शन गरेका हुन् । प्रधानमन्त्रीको साथमा करिव आधा दर्जन मन्त्री पनि पशुपतिनाथ पुगेका थिए ।

परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती, उद्योगमन्त्री रमेश रिजाल, उर्जामन्त्री शक्ति बस्नेत पनि पशुपतिनाथ पुगेका हुन् ।

केहि दिनअघि भारत भ्रमणका क्रममा प्रचण्डले उत्तरप्रदेशको उज्जैनस्थित मन्दिरमा पनि पूजा गरेका थिए।

प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार  ८ : ५१ बजे