राजनीति नयाँ मोड हो, नयाँ प्रयोग हो : ‘विप्लव’



काठमाडौं, ४ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन्।
सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै विप्लवले समाजवादीको मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन्।

उनले भने, ‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो। यो नेपालको इतिहासमा कमै जति प्रयोग भएको छ ।

उनले अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको बताए। ‘यो परिस्थिति सामान्य छैन। यो परिस्थितिमा चार राजनीतिक दलको छलफलपछि सबैको सुझाव र चाहना अनुरुप आजको संकटबाट देशलाई अन्त्य गर्नुपर्छ। प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन,’ उनले भने।

प्रकाशित मिति : असार ४, २०८० सोमबार  ५ : ४० बजे