चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्ब भन्दा बढी जरिवाना



काठमाडौं, ५ असार । विशेष अदालतले भ्रष्टाचार मुद्दामा कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव एवं आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाइ ९ वर्षको कैद सजय सुनाएको छ ।

विशेष अदालतले महत, ढकाल र शर्मालाई ९र९ वर्ष कैद र चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँको जरिवाना सुनाएको हो।

आज ९मंगलबार० विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गरेको हो।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको क्षेत्राधिकारबाहिर गएर बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : असार ५, २०८० मंगलबार  ७ : ०१ बजे