राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत



काठमाडौं, २५ असार । राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारीलाई मनोनीत गरिएको छ । 


अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्य अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 


अधिकारी नेपाल सरकारका पूर्वसचिव समेत हुन् । 

प्रकाशित मिति : असार २५, २०८० सोमबार  २ : २५ बजे