कांग्रेस केन्द्रीय समिति बैठक एक साताका लागि स्थगित



काठमाडौं, २७ असार । बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित गरेको छ । 


बुधबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय गरिएको कांग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । 

प्रकाशित मिति : असार २७, २०८० बुधबार  १२ : ३४ बजे