प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



काठमाडौ,  ३१ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ ।

यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 ७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । 


प्रकाशित मिति : असार ३१, २०८० आईतबार  ११ : २५ बजे