आजको तरकारी तथा फलफूलको मूल्य : काउली र गाजरको भाउ ह्वात्तै बढ्यो



काठमाडौं ।कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।समितिले आज (बिहीबार)का लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउली र गाजरको मूल्यमा निकै बृद्धि भएको हो।

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबारको तुलनामागाजरको मूल्यमा३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँन्युनतममूल्यनिर्धारण गरिएको छ । काउलीमा पनि प्रतिकेजी २० रुपैयाँ बृद्धि भएको छ । स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर आज ८० रुपैयाँमाकिनबेच भैरहेको छ । हिजो काउलीको न्युनतममूल्य ६० रुपैयाँ प्रतिकेजी थियो ।

त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्यमा हिजोको तुलनामा१० रुपैयाँ घटेको छ । हिजो ४५ रुपैयाँ न्युनतम प्रतिकेजी मूल्यनिर्धारण गरेको समितिले आजको लागिलोकल सानो गोलभेँडाको मूल्य३५ रुपैयाँ तोकेको छ ।ठूलो गोलभेँडाको न्युनतम मूल्य स्थिर छ । आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४६रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । दुवैको मूल्य स्थिर छ ।

कालीमाटी बजार विकास समितिकाअनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउप्रतिकेजी १० रुपैयाँ रहेको छ । आज लोकल गाजरको भाउह्वात्तै बढेको छ । घिउ सिमीलोकल४०, मूला रातो ३०, मूला सेतो लोकल२५, भन्टा लाम्चो४०, मकै बोडी ५०, भटमासकोशा८०, तितो करेला४०, लौका ५०, परवल३५, फर्सी पाकेको४० हरियो फर्सी (डल्लो) ४०,कन्ने च्याउ १६०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ७०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीदबिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज९० रुपैयाँन्युनतममूल्य रहेको छ ।

त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँतोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती ११०, अनार ३८०,आँपमालदह१५०,अंगुर कालो ५५०,तरबुजाहरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ८ : ४५ बजे