काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।
नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको नेतृत्वमा आज अर्थमन्त्री सुशील वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थागत पहलमा रकम जुटाइएको नेशनल प्याब्सनले जनाएको छ ।











