काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिले अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने प्रयास गरेको बताएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिले तय गरेको कर्जाको लक्ष्य न्यून नभएको दावी गरेका छन् ।
उनले भने ‘ आर्थिक वर्ष ०७७÷७८ मा ८०० अर्ब माथिको कर्जा विस्तार हुँदा त्यस यताका वर्षमा ४७३ अर्ब भन्दा बढी भएकै छैन । चालु आर्थिक वर्षको लक्ष्य भेट्न पनि ७०० अर्ब कर्जा विस्तार गर्नुपर्छ , ‘४.५ प्रतिशतमा निक्षेप संकलनको दर र ७.५ प्रतिशत बैकदरले मुद्रा बजारमा हुने उतारचढाव नियन्त्रण गर्छ,’
व्यवसायीले ब्याजदर बढी भएको भन्ने गरेको तर ब्याजदर घट्दो क्रममा रहेको पनि अध्यक्ष केसीले बताए । ब्याजदर अझ घट्ने पनि उनको भनाइ थियो ।