नयाँ पार्टीका नेता लक्षित आरजुको टिप्पणी : समाजिक सञ्जालमा सक्रिय भएकै कारण चुनाव जिते



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ, प्रतिनिधिसभा सदस्य आरजु राणाले मिडिया र समाजिक सञ्जालमा सक्रिय भएकै कारण चुनाव जितेको टिप्पणी गरेकी छिन् । मंगलबार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ पार्टी र नेताहरुलाई लक्षित गर्दै उनले इतिहासमा कुनै काम गरेको रेकर्ड समेत नभएका मानिसले सामाजिक संजालकै कारण चुनाव जितेको देख्दा आफुलाई आश्चर्य लागेको बताएकी छन् ।

‘देशमा देखिएका नयाँ पार्टीहरु संग केहि पनि नरहेको त्यै पनि उनीहरु चुनाव जित्दा हामीहरु निशब्द भएका छौं । समाजकि सञ्जाललाई हाम्रो संगठनको अहंम भूमिका खेल्ने पाटो बनाउने समय आएको छ। त्यसैले मन्त्री ज्यूहरु र सरकारमा बस्ने सबैजनालाई समाजिक सञ्जालमा पार्टीको गतिविधी बढाउन आग्रह गर्छु । ’

उनले कांग्रेसको लगानी र योगदान मिडिया र समाजिक सञ्जालमा न्यून हुने गरेको भन्दै बढाउन भनिन् । विपक्षी पार्टीहरु मिडिया र समाजिक सञ्जालको सदुयोग गरिरहेको तर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले दुरुपयोग गरेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : १३ बजे