भ्रष्टाचारको मुद्दामा कांग्रेस कठोर हुनुपर्छ : डाक्टर शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले भ्रष्टचारको मुद्दामा पार्टी कठोर हुन जरुरी भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले भ्रष्टचारले गाँजीएको मुलुकमा कांग्रेस भ्रष्टचारमा शुन्य सहनशिलताको हिसावले अगाडी बढ्नु पर्ने बताए ।

‘भ्रष्टचारले देशलाई चारै तिरबाट गम्भीर तरिकाले गाँजीएको पाएको छु । जता जसरी जहाँ हेरे पनि भ्रष्टचार मात्र देखिन्छ । अबको यो केन्द्रीय समिति पछिको नेपाली कांग्रेस भ्रष्टचारमा शुन्य सहनशीलताको हिसावले अगाडी बढ्नै पर्छ । नत्र भने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ । ’ उनले देशको दण्डहिनताको अन्त्य गर्न नसकिरहेको र राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिरहेको बताएका छन् । कांग्रेसले विधानलाई टेकेर हिड्ने हो भने धेरै चुनौतीहरु समाप्त उनको तर्क छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ३१ बजे