काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको सांसद योगेश भट्टराईले जानकारी दिए ।
उनले भरियालाई मात्र पक्राउ गरेर नहुने भन्दै सुन ल्याउने मुख्य मान्छेलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको धारणा रहेको बताए ।सुन तस्करीमा जो जो संलग्न छन्, उनीहरू सबै पक्राउ पर्नुपर्छ । त्यसका लागि हामी जोडदार आवाज उठाउँछौँ ,योगेश भट्टराईले भने।














