काठमाडौँ , १० साउन । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका हुन् ।
गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन, गिरीले भने, यसपटकमा जरासम्म गएर छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ । त्यसलाई सभामुखले रुलिङ गर्नुपर्छ । उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न सक्दैन ।उनले पटक(पटक गरी चैत १० गते कम्पनी दर्ता गरेयता ३३ पटक सुन ल्याएको देखिएको भन्दै यस्तो काण्ड हुँदा पनि थाहा नपाउने गृहमन्त्रीले पदमा बस्ने नौतिक आधार नभएको बताए ।
उनले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र उनको छोराको संलग्नताबारे पनि बोलेका थिए ।