काठमाडौ , १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्री र सम्बन्धित निकायले जवाफ दिनुपर्ने बताएका छन् ।
सुन तस्करीका घटनामा सरकारले कर्मचारीलाई कारबाही नगरी सरुवा गरेर पुरस्कृत गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्ता कर्मचारीलाई तत्काल बर्खास्त गरी थुन्न माग गरे।
क्विन्टलका क्विन्टल सुन तस्करी हुनु सामान्य भइसकेको भन्दै उनले आमनेपाली जनतालाई सुन तस्करीबारे बानी पारिसकेको बताए । उनले कर्मचारीलाई सरुवा गर्दा अनुसन्धान प्रभावित गर्ने समय मिल्ने बताए।
उनले प्रश्न गर्दै भने, ुसरकारलाई सूचना आएको थियो ठीक छ। भरिया मात्र समाउनु थियो र ट्याक्सी समातियो। मालिकसम्म पुगेपछि मालिकलाई पनि समातिन्थ्यो होला नि तर किन गरिएन