मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक बाँठाको मृत्यु



काठमांडौ । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्युभएको हो ।

जाजरकोट जिल्ला खलङगा गाउँपालिका–६ का बाँठाको रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ०९ बजे