संशोधित मिटरब्याज ऐनप्रति पीडितको विरोध, राष्ट्रपतिबाट प्रमाणीकरण भएको वधेयक जलाए



काठमाडौं । मिटरब्याज पीडितहरुले, राष्ट्रपतिबाट प्रमाणीकरण भएको मिटरब्याज सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जलाएका छन् । बिहीबार मिटरब्याज सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण मिटरब्याज पीडितहरुको हितमा नभएको भन्दै उक्त प्रमाणीकरण जलाएका हुन् ।

गठी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुसवाहले राता रात मिटरब्याजी साहुहरुको अर्डरमा कानूनलाई संसोधन गरेर मिटरब्याजीको पक्षमा विधेयक आएकोले राष्ट्रपतिबाट प्रमाणीकरण भएको कानून जलाएको बताए ।

उनले भने,‘हाम्रो ६ बुँद्दे माग थियो सरकारले हाम्रो दोस्रो बुँद्दाको माग फास्ट ट्रयाकमा लगाउँनुपर्छ र संसोधनको छलफलमा लानुपर्छ । राता रात मिटरब्याजी साहुहरुको अर्डरमा कानूनलाई संसोधन गरेर मिटरब्याजीको पक्षमा लगियो त्यसैले यो कानूनलाई जलाएका र्हौं ।’

उनले गृह मन्त्री नारायणकाजी श्रेष्ठको बोली र व्यवहार एकदमै फरक भएको गुनासो पोखे । पुरानो विधेयकलाई एउटा उपलब्धी मानेर स्वागत गरेकोमा अहिले परिमार्जन गरी गरेको प्रमाणीकरणको विरोधमा आफूहरु रहेको उनको भनाई छ ।

उनले भने, ‘पुरानो विधेयकलाई एउटा उपलब्धी मानेका थियौं । स्वागत गरेका थियौं तर त्यसलाई छाटकाँट गरेर प्रमाणीकरण गरेको छ । त्यसको विरुद्ध लागेका हौं । गृहमन्त्रीको बोलिमा एउटा व्यवहारमा अर्को छ । उहाँले विधेयक जस्ताको त्यस्तै पारित गर्छु भन्ने भएको थियो ।’

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ५० बजे