काठमाडौ । नेपालि कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टिभित्र संगठन चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । नेता सिंहले नेपाली कांग्रेस काठमाडौ महानगरको महानगर सम्मेलनको उदघाटन गर्दै कार्यकर्ता र पार्टि जिवनमा परिवर्तनको अनुभुत हुनेगरि कार्यक्रम बनाएर प्रशिक्षण गर्नुपर्ने बताएका हुन् ।
स्थानीय सरकारमा रहेका जनप्रतिनिधिर र स्थानीय पार्टि कमिटिहरुबिच हुनुपर्ने सहकार्य अझै प्रभावकारि देखिनुपर्ने भन्दै उनले पार्टि बलियो भएमात्र आगामि चुनौति सामना गर्न सकिने भएकाले यस्तर्फ सबै जिम्मेवार भएर लाग्नु पर्ने बताए । हिजो गुमेको अधिकार ल्याउन संघर्षरत रहेको पार्टि खुल्ला राजनीतिमा आयपछि आन्तरिक अनुसासनको अभावमा केही समस्या देखिए पनि सबैले आफ्नो महत्व र जिम्मेवारी ख्याल गरेर अघि बढ्न सक्नु पर्ने उनको भनाइ थियो ।
नेता सिंहले कांग्रेसमा क्रियासिल सदस्यको महत्त्वलाई ध्यान दिन जरुरि रहेको भन्दै पाटिलाई आवस्यकता पर्दा कहि नदेखिने तर पार्टि अधिबेसनमा कसैलाई जिताउन मात्रै देखिँदा समस्या आएकोले निर्वाचनको समयमा क्रियासिल सदस्यहरुको महत्व ध्यान नदिदा नतिजा चाहे जस्तो नदेखिएकाले सोच्नु पर्ने बेला आएको उल्लेख गरे ।
उनले कांग्रेस कुनै पनि किसिमले कमजोर नभएकाले अब केन्द्रीय समिति बैठकले जनतासँग जोड्ने कार्यक्रम ल्याउन लागेकाले छिटै सर्कुलर आउने र यसमा सबैले सभागिता जनाएर नया उर्जाका साथ पार्टि ब्यवस्थापनमा लाग्न समेत आग्रह गरे