काठमाडौं । नेकपा माओवादी केन्द्रको साउन १७ गते देखि बस्ने केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गर्न आज पनि पदाधिकारी बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।
शनिबार पनि बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।
केही दिनअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका एजेन्डा माथि थप छलफल गरेर पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकको अजेन्डालाई अन्तिमरुप दिने जनाइएको छ ।
यसैबीच, नेकपा एकीकृत समाजवादीको साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक भने स्थगित भएको छ ।