प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा सो भेटमा छलफल भएको बताइएको छ ।

“पहिले नै प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्नुपर्ने थियो, छलफल भएको थिएन । आज त्यस विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानुभएको हो,” ओलीको सचिवालयले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार  १२ : १९ बजे