काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको जारी अवरोध हटाउन पहल थालेका छन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मालाई बालुवाटार बोलाएर प्रतिनिधिसभाको जारी अवरोध हटाउने विषयमा छलफल थालेका हुन् ।
त्रिभुवन विमानस्थलबाट ठूलो मात्रमा बरामद भएको सुनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको एमालेले आरोप लगाउँदै आएको छ । उक्त प्रकरणको निष्पक्ष छाविनको मागका साथै श्रेष्ठ र महतको राजिनामा माग गर्दै एमाले साउन १० गतेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि अवरोध गर्ने एमाले तयारी रहेपछि प्रधानमन्त्री दाहालले त्यस विषयमा छलफल गर्न ओलीलाई बालुवाटार बोलाएका हुन् । दाहाल र ओलीबीच अहिले बालुवाटारमा छलफल जारी छ ।