रास्वपाले गरायो प्रधानमन्त्री दाहालको ध्यानाकर्षण



काठमाडौं, १५ साउन । संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ । सभापति नहुँदा समिति प्रभावकारी नभएको उनीहरूको ठहर छ ।

आज बिहान प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा ध्यानाकर्षण गराइएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।“संसदीय गतिविधि र समसामयिक विषयमा छलफल भयो, संसदीय समितिको काम–कारबाहीमा रास्वपाले सहयोग गर्ने जानकारी गरायौँ,” उनले भने ।

भ्रष्टाचारको जरोसम्म पुगेर कारबाही गर्न आफूहरूले अनुरोध गरेको उनले जानकारी दिए ।समितिबाट नीति–नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनीहरूले सभापति नहुँदा असहज भएको बताएका थिए ।सो अवसरमा प्रधानमन्त्रीसित संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको परियारले बताए ।जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू यस विषयमा ‘सिरियस’ भएको र केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताएको उनले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार  ११ : ०६ बजे