सभामुख ले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीसँग गरे  टेलिफोन संवाद



काठमाडौं, १६ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसित टेलिफोन संवाद गरेका छन् । आज बिहान उनले नेताद्वयलाई फोन गरेका हुन् ।

त्यसक्रमा उनले निरन्तर संसद् बैठक रोकिँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।“सम्माननीयज्यूले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो,” सचिवालयले भनेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ४० बजे