माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सर्‍यो



काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सारिएका छ ।

बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी तय भएको थियो । बैठक दुई घण्टा सारिएको हो ।

माओवादी केन्द्रको उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्य सबैलाई बोल्न दिइनेछ ।

त्यस्तै, यसअघि पदाधिकारी बैठकले केन्द्रीय समिति लाइभ गर्ने निर्णय गरे पनि स्थायी कमिटीले नगर्ने निर्णय गरेको पनि बताए ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  १० : ५९ बजे