अग्रजको सम्मान गर्ने परिपाटीको विकाश जरुरी छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालेपार्टीका अग्रज नेताहरूका बारेमा जन–मानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रूपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राखे । उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे ।फोटो कहाँ राख्ने भन्ने कुरा भयो र हामीले पार्टी कार्यलयमा राख्ने निर्णय गरेउ मलाई पनि सन्तोष लागेको छ । उहाँ धेरै ठूलो व्यक्ति हो । सहयोग गर्ने सहयोगी व्यक्ति हो ।

देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ३० बजे