काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको चौथो दिन आजसम्ममा सबै केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको र भोली निर्णय आउने स्थायी समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।
सञ्चार मन्त्री समेत रहेकी शर्माले भनिन् ‘आजबाट सबै केन्द्रीय समितिका सदस्यहरुले बोलेर सकियो र भोली एक बजेका लागि बैठक बोलाईएको छ । भोलीको बैठकले आवश्यक निर्णय गरेर पार्टी निर्माणको प्रक्रियामा जुट्छौ । ’ अर्को प्रशंगमा उनले सरकारले सुशासनको पक्षमा केन्द्रीत भएर काम गरिहेको जिकिर गरिन् ।
उनले भनिन् ‘सरकारले सुशाासनको पक्षमा, विसङ्गतीको विरुद्धमा जुन अभियान थालेको छ त्यसमा सबैको सकारात्मक प्रतिक्रिया छ । यसलाई व्यवस्थित ढङ्गले पार्टीले अगाडी बढाउँने भन्ने छ ।’
उनले सरकार कुनै पनि हालतमा कमजोर बन्ने सम्भावना नदेखेको भन्दै समाजवादको बाटोमा जाने आधार तयार भएको बताइन् । ‘सरकार कमजार हुन्छ भन्ने सम्भावना देखेको छैनौ र छैन पनि सरकार दुईं दिन रहे पनि तीन दिन रहेता पनि दृढतापूर्वक काम गर्ने हो् । र भोली समाजवादमा जाने आधार तयार गर्ने हो।
ं