घट्यो गोलभेँडाको मूल्य,अरु तरकारी र फलफूलको भाउ कति छ आज ?



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज, नेपाली ठूलो गोलभेँडाको मूल्य आइतबारको तुलनामा आज १० रुपैयाँले घटेको छ । तर, हिजोको तुलनामा भटमासकोशा,मकै बोडी,हरियो फर्सी लगायतका तरकारीको मूल्य न्युनतम १० रुपैयाँले बढेको छ ।

नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा बिक्रि भईरहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने ७० रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर प्रतिकेजी न्युनतम मूल्य ५० पुगेको छ । स्थानीय काउली ६० रुपैयाँ प्रतिकेजीमा पाइने छ ।

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला २०, फर्सी पाकेको ४०, हरियो फर्सी ७०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ ।
यस्तै रायोको सागमा मूल्य केही घटेर आएको छ । हिजो प्रतिकेजी ९० रुपैयाँ रहेको रायोको साग आज ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी १० रुपैयाँले बढेर ५० पुग्दा हरीयो प्याज पनि ८० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

समितिका अनुसार आज फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०,तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : १८ बजे