काठमाडौँ , २३ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमाले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिनिधिसभामा बोल्न दिन तयार भएको छ। एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रतिनिधिसभामा गृहमन्त्रीलाई बोल्न दिने बताएका हुन्।
सदनको अवरोध खुलाउने विषयमा बालुवाटारमा भएको शीर्ष नेताहरुको बैठकपछि बर्तौलाले भने, ‘आजको बैठकमा सांसदहरूलाई कुरा राख्न दिन्छौँ। गृहमन्त्रीको कुरा सुन्छौँ। उहाँको जवाफमा उच्चस्तरीय समिति बनाउने कुरा आउँछरआउँदैन हेर्छौँ।’एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छउनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनेभन्दा पनि एमालेलाई गलाउने षड्यन्त्रमा लागेको बताए। बर्तौलाले सरकार उच्चस्तरीय समिति बनाउन डराएको दाबी गरे।उनले भने,’सरकार एमालेलाई गलाउन लाग्यो। सरकार षड्यन्त्रमा उभियो। उच्चस्तरीय समिति बनाउन डरायो।’ प्रतिनिधिसभा बैठक ३ बजे बस्ने छ।














