ललिता निवास प्रकरणमा जुनसुकै पार्टीको संलग्नता भएपनि छाड्दैनौं : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, अदालतको आदेशले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहेको विषयमा अदालतको आदेशले झनै गम्भीर भएर अनुसन्धान गर्न प्ररित गरेको बताए ।

‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौं ।’ उनले भने, ‘अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ। हामीले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ ।’

अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सिआईबीलाई निर्देशन दिएको दाबी गरेका उनले को मान्छेलाई तान्ने कसलाई छुट दिने भन्ने नभई प्रमाणको आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

माओवादी वा अन्य जनु पार्टीको भएपनि अनुसन्धानले दोषी देखिए कारवाही गरेरै छाड्ने उनको भनाई छ ।

प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार  ७ : ४० बजे