काठमाडौं , २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूबाहेक सबै दल र नेता आदिवासी, जनजाति र पहिचार पक्षधरको विरुद्धमा रहेको ठोकुवा गरेका छन्।
२९ औँ आदिवासी दिवसमा अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा प्रचण्डले आफूमात्रै आदिवासी, जनजाति र पहिचानको पक्षमा रहेको दाबी गरेका हुन्।उनले भने, ‘पहिचानवादीहरुको पक्षमा पटक पटक आवाज उठाउँदा अन्य दलहरुले समर्थन गर्दैनन्। मैले कोशी प्रदेशको नाम पनि किरात प्रदेश राख्ने प्रस्ताव गरे पनि अरु दलले समर्थन गरेनन्।’
उनले अधिवक्ता शीतल पाण्डेको अभिव्यक्तिविरुद्धको आदिवासी जनजातिको प्रदर्शनमा प्रहरी प्रशासनले निर्ममता प्रर्दशन गरेकोसमेत स्वीकार गरे। त्यसमा निश्पक्ष छानबिन हुने पनि प्रधानमन्त्री दाहालले आश्वासन दिए।प्रधानमन्त्री दाहालले प्रचण्डले आगामी २०८४ सालको चुनावमा सबै पहिचानबादीका पक्षधरले चुनाव जित्नुपर्ने समेत तर्क गरेका छन्।














