संसद नियमीत गर्न सक्दो पहल गर्ने कांग्रेसको निर्णय



काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले अवरुद्ध संसद नियमीत गर्न पहल गर्ने निर्णय गरेको छ ।तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्ण गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनले जानकारी दिए


उनले भने ‘नेपाली कांग्रेसको संसदीय दलको बैठकले सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग सम्बादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।ससंद अवरुद्ध हुदाँ जनताको विषयबस्तु उठ्न नसकेको र विचारधिन विधेयक समेत अघि बढ्न नसकेको उनको भनाई छ । ‘प्रतिपक्षले सदनमा आलोचनात्मक रुपले प्रस्तुत हुन स्वभाविक भएको तर लामो समय सम्म सदनमा छलफल हुन नसक्ने गरी संसद अवरुद्ध गर्ने कार्य गैर जिम्मेवार हो । ’ उनले भने ।


उनले संघिय संसद नै नचल्ने अवस्थाले संसदीय पद्धतीप्रति नै जनताको वितृष्णा हुने जोखिम उत्पन्न भएको बताए ।

‘एक क्विन्टल सुनको विषयमा यो बैठकको विशेष ध्यानाकर्षण भएको छ । त्रिभुवनविमानस्थल जस्तो सरकारको महत्वपुर्ण निकायको सदैव निगरानी रहने स्थानबाट समेत अबैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ । ’

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  २ : ५५ बजे