पेट्रोल ५ रुपैयाँ र डिजेल १४ रुपैयाँ बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेलरमट्टीतेलमा १४ रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनपछि अब काठमाडौ, पोखरा र दिपायलमा पेट्रोललाई प्रतिलिटर १७८ रुपैयाँ र डिजेलरमट्टीतेललाई १६७ रुपैयाँ पर्ने छ ।सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेलरमट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ ।चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ ।नयाँ मूल्य आज राति १ बजेदेखि लागु हुने छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  ११ : ३६ बजे