एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार



काठमाडौं , ३२ साउन । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो ।


संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् ।लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक समेत बहिस्कार गर्न थालेको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  २ : ४० बजे