सदन खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल जारी



काठमाडौं , १ भदौ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता जारी छ ।


सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भइरहेको छ ।सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिकेका छन् ।सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले पटक पटक सदन अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  १० : १५ बजे