नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको एक लाख नौ हजार ८५० रुपैयामा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











