राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज,शीतल निवास जाँदै दलका नेता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आज(मंगलबार) बिहान सर्वदलिय बैठक बोलाएका छन् ।

राष्ट्रपतिले बिहान ८ ः ३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट तीन÷तीन नेता सहभागि हुने छन् । अन्य दलबाट दुई÷दुई तथा साना तथा स्वतन्त्र सांसदबाट एक जना सहभागि हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेलले संसदको अवरोध हटाउने विषयमा भदौ ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भनेटेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसदन्र्तग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ८ : ४८ बजे