काठमाडौं।संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ । संसद भवन नयाँ बानेश्वर दिउँसो ३ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । उक्त बैठकमा आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हट्ने भएको छ।सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमालेले संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो।
एमालेले उक्त सुन प्रकरणका कारण निरन्तर रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदन अवरोध गर्दै आएको थियो। अब भने प्रतिनिधिसँगै राष्ट्रियसभाको अवरोध समेत हट्ने भएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोदफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यक्रम छ । यद्यपी मन्त्री गुरुङ भने अस्वस्थ छन् ।
द














