अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ



काठमाडौं, ७ भदौ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ शून्य पैसा र बिक्री दर १३२ रुपैयाँ ६० पैसा पुगेको छ, भने युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।


त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८७ पैसा र बिक्री दर १६७ रुपैयाँ ६३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  १० : ३७ बजे