काठमाडौं , ७ भदौ । प्रतिनिधिसभा बैठक बस्दै छ ।विहीबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औं वार्षिक प्रतिवेदन २०७७ ( ७८ तथा सोह्रौँ प्रतिवेदन २०७८( ७९ पेस गर्नेछन् ।














