वाग्नर प्रमुखसहित दश जनाको शव फेला



काठमाडौ , ७ भदौ । हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए । प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए । प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ । प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ । प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  १ : ०६ बजे