काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसले अभिभावकत्व ग्रहण नगरे देशको छवि दिन प्रतिदिन खराव हुदै जाने बताएका छन् । बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।
उनले भने,‘ मुलुकमा भईरहेको वर्तमान घटनाहरुले मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा नराम्ररी विग्रेको छ, नेपाली कांग्रेसले अभिभावकत्व ग्रहण नगरे दिन प्रतिदिन छवि खराव हुदै जान्छ ।उनले नेपाल अहिले चिनियाँ, भारतीय र युरोपियन मुलुकका तस्करहरुको अखडा र ट्रान्जिट पोईन्ट बनेको टिप्पणी गरे ।
नेता कोइरालाले वर्तमान सरकार विघटन हुने सम्भावना नरहेको बताउँदै प्रचण्ड नेतृत्वको सरकार तत्काल परिर्वतन नहुने बताए । उनले मुलुकमा रोजगारको वातावरण बनाउन नेपाली कांग्रेस एक उत्तम विकल्प मात्र रहेको प्रष्ट पारे।
उनले वर्तमान सरकारले भ्रष्टाचारका घटनामा गम्भीर ढंगले अनुसन्धानमा लागेको दाबी गरे ।














