पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध



काठमाडौं , ८ भदौ । ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।
निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोकपथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ । मौसम सुधार भएमा अपराह्नसम्ममा पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार  ११ : १८ बजे