समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं , १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् ।


आईतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडी बढ्ेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।उनले भने, ‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडी बढ्दै छ । त्यसमा सबै प्रदेशहरुको पनि सहयोग अझै राम्रसँग हुने छ । भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । हामीलाई स्थीरता स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडी छैन् ।’उनले संघीय मन्त्रीहरुको क्वाटर पनि केहि महिनाभित्रमा टुङ्गीने जानकारी दिए ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ६ : ०५ बजे