राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु



काठमाडौं , ११ भदौ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।


बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री ,मूख्यमन्त्री, मूख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।बैठकमा योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले योजना आयोगको आगामी योजनाबारे आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  २ : ०१ बजे