बामपन्थी राजनीति क्षयीकरणका कारण अमेरिकाको हस्तक्षेप बढ्यो : युवराज संग्रौला



काठमाडौं , ११ भदौ । पूर्व महान्ययाधीवक्ता युवराज संग्रौलाले नेपालमा रहेका बामपन्थी राजनीतीक क्षयीकरणका कारणले अमेरिकाको आँट बढेको बताएका छन् ।


सोमबार एमसीसी कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा संग्रौलाले अमेरिकाले उसको सम्झौतामा एक अक्षर पनि परिवर्तन नभई नेपालको संसदले पास गर्नुपर्छ भन्ने जुन सोच बनायो त्यो सोच किन बनाउन सक्यो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भने,एमसीसीको बारेमा छलफल गर्दा अमेरिकाको बारेमा भन्दा बढी अमेरिकाले उसको सम्झौतामा एक अक्षर पनि परिवर्तन नभई नेपालको संसदले पास गर्नुपर्छ भन्ने जुन सोच बनायो त्यो सोच किन बनाउन सक्यो ? त्यो सोच उसको ताकतले बनेन त्यो सोच हाम्रा कम्युनिष्ट र हाम्रा कांग्रेस पार्टीका राजनीतिक विचारधाराको क्षयको कारणले भएको हो । ’उनले वामपन्थी राजनीतिले देशको स्वाधीनता बचाउन नसक्ने अवस्था आएको पनि प्रष्ट पारे ।समाजवादी मोर्चाले फेरि पनि एमसीसीको सम्झौताको बारेमा छलफल र अध्ययन गर्न पूर्व न्यायाधीवक्ता संग्रौलाको आग्रह छ ।

प्रकाशित मिति : भदौ ११, २०८० सोमबार  ३ : ०७ बजे