तीन देशका लागि राजदूत नियुक्त्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूत पदमा नियुक्ति गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्ति गरेका हुन् ।

जसअनुसार्, सुघीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा,तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  ७ : ०२ बजे