४ दिन पछि सुनको मूल्य बढ्यो



काठमाडौं ,  १२ भदौ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनपछि आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिका चार दिन सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  ११ : ३४ बजे