प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न, सत्तापक्षको नेता भएपछि जति सुकै ठुलो अपराध गरे पनि छुट हुने ?



काठमाडौं , १२ भदौ । नेकपा एमालेका सांसद पदम गिरिले, सरकारले जनतालाई सुशासन दिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् ।


मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले सरकारले सत्तापक्षका भ्रष्टचारीको नाईकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए।उनले प्रधानमन्त्री प्रचण्डले, सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको समेत टिप्पणी गरे ।‘मुलुकमा मिलेर बसेका दाजुभाईहरुलाई आपसमा विद्रोह फैलाउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिती सिर्जना गर्ने काममा स्वयं प्रधानमन्त्रीले मलजल गरिरहनु भएस्को छ । देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदका बसेको व्यक्ति दाजुभाईको बीचमा विद्रोह र घृणा फैलाउने काम गर्ने यो कुनै पनि हालतमा स्वीकार्य छैन । हामी आपत्ति र निन्दा गर्दछौं । ’ उनले भने ।


उनले सरकारमा सहभागि दलका नेताहरु जस्तो सुकै काण्डमा सहभागि भएपनि छुट दिने काम भएको जिकिर गरे ।
‘आज हामी शुसासन दिइरहेका छौं । भनेर सरकारले गोटी हानिरहेको छ । भ्रष्टाचारीको एक एक खोजी गरिरहेका छौं र कारबाही गर्छौ भनेर जनतालाई देखाउने काम गर्छ । तर व्यवहारमा भ्रष्टचारका नाईकेहरु सत्तापक्षका नेताहरु जति ठुलो अपराध र कर्तुत गरे पनि छानबिनको दायरामा ल्याईदैन् ।’ उनले भने ‘पछिल्लो समय सुन तस्करी भयो । सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका नेताहरु सत्तापक्षमा नेताहरुलाई सामान्य बोलायर अनुसन्धानको दायरामा ल्याउने काम भएन्। सोधपुछ गर्ने काम भएन । सत्तापक्षको नेता भएपछि जति सुकै अपराध गरे पनि छुट हुने जस्तो ठुलो तस्करी गरे पनि छुट हुने । ’

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  १२ : ५४ बजे