गंगामायाले न्याय कहिले पाउँछिन? प्रधानमन्त्रीको जवाफ: उनको सेवा सरकारले गरिरहेको छ



काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।
मंगलबार संघीय संदमा भएको प्रतिनिधिसभा बैठकमा सांसद एकनाथ ढकालले द्वन्द्वकालीन घटनाका पीडितहरु र न्यायमाग्दै आएकी गोरखाकी गंगामाया अधिकारीले कहिले न्याय पाउँछन् भनेर गरेको प्रश्नको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार यथासिघ्र संकमणकालीन मुद्दाको सम्बोधन गर्न प्रतिवद्ध रहेको बताए ।


दाहालले भने, ‘द्वन्द्वकाली घटनालाई न्यायीक सम्बोधन गर्नेगरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशिघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी संघीय संदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दाहरु सम्बोधन हुने कुरामा सरकार विस्वस्त रहेको छ ।’सांसद एकनाथ ढकालले छोरा र पतिको लागि न्याय माग्दै आएकी गोरखाकी गंगामाया अधिकारीको माग सरकारले सम्बोधन गनुपर्ने भन्दै चासो देखाए ।


‘न्याय माग गर्दैै अएकी गोरखाको नन्दप्रसाद अधिकारीको धर्मपत्नी गंगामाया अधिकारीको मागको सम्मान कहिले र कसरी गर्नुहुन्छ ? न्यायमाग्दै शान्तिपूर्ण अनसनमा बसेकी गंगामायाको मागको सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य होकि होइन ?
प्रतिउत्तरमा दाहालले गंगामायालाई मानविय सेवा र संरक्षण प्रदान गरेको जिकिर गरे ।‘प्रचलित कानूनको अधिनमा रही नपाल सरकार तथा अन्र्तगतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणको कार्य भइनै रहेको छ । अस्पतालको विवरण अनुसार निजको स्वास्थ्य अवस्था सामान्य नै रहेको र उपचारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको कुरा पनि जानकारी गराउँछु,’ दाहालले भने ।छोरा नूरप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै न्यायका लागि अनसन बसेको ३३० दिनमा गोरखाका नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो । त्यसयता पति र छोराको न्यायको लागि गंगामाया सरकारसँग न्यायको याचना गर्दै आएकी छन् ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  २ : २८ बजे