काठमाडौं , १३ भदौ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको शान्तिबाटिकामा एमसीसी खोरजीको माग गर्दैं जनमोर्चाले विरोध प्रदर्शन गरेको हो ।दर्शनमा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसको बलमा नै एसीसीको पास भएको दाबी गरे । उनले एमसीसी कुनै पनि हालतमा बोक्न हुन्न भन्नेहरुले नै पास गर्न सहमति गरेको गुनासो गरे ।उनले भने,‘नेपालका शासकहरुले अमेरिकाको एमसीसीको षड्यन्त्रलाई स्वीकार गरेका छन् । नेपाली कांग्रेसले पास गर्न टुप्पोदेखि पैतालासम्मको बल लगायो । संसदभित्र रहेको बामपन्थीहरुले यो एमसीसी कुनै पनि हालतमा बोक्न हुन्न भने तिनैले पास गर्न सहयोग गरे।’
अध्यक्ष केसीले चीनलाई तह लगाउन उसँगको अन्तरविरोधलाई बढाउँनको लागि नेपाललाई चीन विरोधी अखडा बनाउँन अमेरिका घुस्न खोजेको टिप्पणी गरे ।उनले देशमा आज साम्राज्यवादीहरुले रजाई गर्न लागिरहेको अवस्थामा नेपालका राजनीति पार्टीहरु साम्राज्यवादीहरुको एजेण्डा कार्यान्वयन गर्न दौडिरहेको भन्दै भने,‘देशमा आज साम्राज्यवादीहरुले रजाई गर्न लागिरहेका छन् देशको प्राकृतिक सम्पतिमा दाई हाल्न खोज्दैछन् । देशका राजनीति पार्टीहरु साम्राज्यवादीहरुको एजेण्डा कार्यान्वयन गर्न दौडिरहेका छन् ।’














